दफा २२
भैपरी र पर्व बिदा
(१) प्रधान न्यायाधीश वा न्यायाधीशले प्रत्येक वर्ष पूरा पारिश्रमिक सहितको छ दिन भैपरी आउने बिदा र छ दिन पर्व बिदा लिन पाउनेछ ।
(२) एक वर्षको भैपरी र पर्व बिदा अर्को वर्षलाई सञ्चित गर्न पाइने छैन ।
(३) भैपरी र पर्व बिदा आधा दिन समेत लिन पाइनेछ ।